Logo

काठमाडौंमा विजुली बस सञ्चालन (फोटोफिचर)



काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ । बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्