Logo

 बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानी



काठमाडौं, १७ असार ।बराक ओबामा दम्पती अहिले संसारकै शक्तिशाली व्यक्तिबाट सर्वसाधारणको जिवन बिताई रहेका छन ।

प्राय यी दुबै जना सँगै भ्रमणमा बाहिर निस्कने गर्छन् । बराक मिसेलबीच यति गाढा प्रेम छ की त्यो हामी शब्दमा बर्णन गर्न सक्दैनौं । दुबैको पहिचान एक आदर्श दम्पतीको रुपमा हुन्छ । यीनलाई अमेरिकाको सबैभन्दा रोमांटिक जोड़ीको रुपमा पनि हेरिन्छ, तर, दुबैबीच आम नागरिककै दम्पत्तीजस्तै झगडा पनि खूब हुन्छ ।

एक समयमा यो पवित्र बन्धन टूट्ने स्थितीसम्म पनि पुगेको थियो । यति मात्रै होइन, मिशेल ओबामा, बराक ओबामाको धेरै बानीबाट दुःखी पनि थिईन् ।

 बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानीका रोचक दश कुरा

१ केन्याबाट पढ्नका लागि अमेरिका छिरेका बराक ओबामा र मिशेल ओबामाको पहिलो भेट १९८९मा अमेरिकाको सिकागो ल फर्ममा भएको थियो ।

२ हारवर्ड ल स्कूलमा पढ्न पहिलो वर्षको पढ़ाई पुरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टर्नशिपका लागि पुगेका थिए । त्यो बेला मिशेलको पूरा नाम मिशेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिईन् । जब मिशेललाई यो जिम्मेवारी दिइयो तब बराक ओबामासँग नभेटेरै दिइएकोमा यो जिम्मेवारी उनलाई मन परेको थिएन् ।

३ सिकागो ल फर्मको ४७ औं कोठामा बराक ओबामाले पहिलोपटक मिशेललाई भेटे तब पहिलो नजरमै मिशेलको मनमा बसे । उनी पनि मिशेलको बोल्ने र हास्ने शैलीबाट निकै प्रभावित भए ।

क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’मा यो कुरा उल्लेख गरिएको छ की मिशेलसँगको पहिलो भेटपछि ओबामाले आफ्ना साथीसँग भनेका थिए, अरे यार, उनी धेरै सुन्दर लाग्छिन्, म उनको मनमा बस्न आफ्नो जादू चलाउने प्रयास गर्छु ।

४ उता, दोस्रो तर्फ मिशेलले बराक ओबामासँग अनौठो तरिकाले भेटेर सफा कुरा गर्दैै सुरुमा आफ्नो कामसँग मात्रै मतलब राख्न भनिन् । बराक जब उनीसँग नजिक हुन प्रयास गर्दै थिए तब मिशेलले सफा कुरा गर्दै भनिन्–‘मेलै आजसम्म कसैसँग प्रेम गरेको छैन् र डेटिंग पनि गएकी छैन् ।’

५ मिशेलको त्यस्तो सफा कुराले उत्साहित भएका बराकले मिशेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । उनलाई हरेक भेटमा फुल दिन पनि सुरु गरे । र फोन गर्न पाएजतिका सबै मौका पनि उनले गुमाएनन्, तर मिशेलको मन पग्लिएको थिएन् ।

तर केही महिनापछि उनले बराक ओबामाले आफ्नो एक समारोहमा बोलाइएको निमन्त्रणलाई स्वीकार गरिन्, जहाँ ओबामा अश्वेत युवकलाई हिम्मत जुटाएर भाषण दिँदै थिए । ओबामाको त्यो भाषणले कमाल गरेर देखायो, जो मेहनत, फूल र फोन मोबाइलबाट हुन सकेको थिएन् ।

६ दुबै जना आफ्नो पहिलो डेटमा सिकागोको हायड पार्क स्थित बेस्कीन–राबिन्स स्टोरमा गएका थिए । यहाँ दुबैले पहिलो पटक एक अर्कालाई किस गरेका थिए । यो स्टोर अहिले एक सब–वे स्टोरमा समायोजन भइसकेको छ, तर बराक र मिशेलको पहिलो डेटिङलाई लिएर यहां एउटा स्मृति चिन्ह बनाइएको छ ।

७ दुई वर्षभन्दा बढीको कोर्टशिपपछि एक दिन बराक ओबामाले ल को परीक्षा पास गरेको खुशीयालीमा मिशेललाई रोमांटिक डिनरमा बोलाए र उनलाई विवाहको प्रस्ताव राखे । मिशेलसँग नाई भन्ने कुनै कारण थिएन् । दुबैले ३ अक्टोबर, १९९२ मा सिकागोको ट्रिनिटी यूनाइटेडमा २०० पाहुनालाई साक्षी राखेर विवाह गरे ।

८ विहे गरेको चार वर्षभित्र बराक ओबामा इलिनोइसबाट सीनेटरमा चुनिए । विहेपछि उनको राजनीतिक जीवन रफ्तारमा अगाडि बढ्यो, तर पतिको जिम्मेवारीमा उनी असफल हुँदै गए । क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’ मा ओबामाका ती खराब बानीहरु उल्लेख गरिएको छ, जस्ले मिशेललाई धेरै दुःखी बनायो ।

जस्तै, घरको कुनै काम नर्गनु, भान्साको सबै काम मिशेलका लागि छाड्नु, आफ्नो मोजा–रुमाल सही ठाउँमा नराख्नु, चुरोट पिउने बानी, मध्य रातिसम्म नसुत्ने बानी, निद्रामा घुर्ने बानी र परिवारका लागि धेरै कम समय दिनु ।

९ ओबामाका यी बानीमा सुधार नआएपछि दुई छोरीलाई जन्म दिएकी मिशेल ओबामा सम्बन्ध विच्छेद गर्ने विषयमा सोच्न थालिन । जून, २००१ मा ओबामाकी दोस्री छोरी साशाको जन्म भएको थियो र तीन महिनाभित्रै साशा मेनिनजाइट्स नामको प्राणघातक रोगको सिकार बनिन् ।

त्यो बेला ओबामा सबै कुरा छाडेर आफ्नी छोरीका लागि लगातार ७२ घण्टा अस्पतालमा कुरुवा बसे । त्यो व्यवहारले सम्बन्ध विच्छेदको योजनामा पुगेकी मिसेलको मन पग्लियो । जसकारण साशाको रोगले बराक र मिशेललाई फेरि एक बनायो ।

१० मिशेल ओबामा आफ्ना पतिका बारेमा भन्छिन् कि–हाम्रो विवाह यद्यपी परफेक्ट थिएन होला, तर हाम्रो सम्बन्धलाई बोलियो बनायो । उता बराक ओबामाले पनि धेरैपटक भनिसकेका छन् कि सधै मिशेलको सुझावमा अमल गर्छन् र कुनै पनि ठूलो फैसला मिशेललाई नसोधेर गर्दैनन् ।

अमेरिकाको राष्ट्रपति पदको एकदमै व्यस्त सयमको बाबजुद पनि मिशेलका लागि हरेक दिन समय निकाल्छन् । त्यो समयलाई परिवारसँग विहान एक्सरसाइज र साझ ब्रेकफास्ट खाएर सदुपयोग गर्छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्