Logo

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप



हङकङमा सरकारविरोधी आन्दोलनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीले विधान परिषद भवन नियन्त्रणमा लिएपछि हटाउने क्रममा हिंसात्मक गतिविधि भएको हो । प्रदर्शनकारीले भवनमा तोडफोड गरेका छन् ।

भवनमा तोडफोड हुनथालेपछि मङ्गलबार प्रहरीले थप बल प्रयोग गरेको छ । घटनामा प्रदर्शनकारीमध्ये केही घाइते भएका छन् । विधान परिषदलाई नियन्त्रणमा लिएपनि स्थिति तनावग्रस्त छ । यसअघि सडकमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तनाव भएको थियो ।

हङकङको नेता क्यारी लामले हिंसाको भत्र्सना गरिन् । यसअघि प्रदर्शनकारीले विधान परिषदको भवन कब्जा गर्दै आएका थिए । सरकारले उनीहरुलाई भवन छाड्न चेतावनी दिदै आएको थियो ।

सोमबार मात्र दुई लाख मानिसहरु सडकमा उत्रिएर सरकारको विरोध गरेका थिए । हिंसा र झडप हुनथालेपछि आन्दोलन जटिल मोडमा पुगेको छ ।

हङकङमा सुपुर्दुगी विधेयकको विरोधमा आन्दोलन उठेको थियो । विधयकले हङकङ र मुख्य भूमि चीनमा आपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई सजिलै सुपुर्दुगी गर्न सक्ने व्यवस्था गरिएको भन्दै विरोध भएको हो ।

हङकङको विरोध प्रदर्शनले चिनियाँ राष्ट्रपति सि जिङपिङको लोकप्रीयतामा समेत समस्या आउन सक्ने देखिदै । सन् २०१२ मा शक्तिमा आएपछि सिका लागि यो अर्को कठिन चुनौती हो । सन् १९९७ मा बेलायतबाट फिर्ता भई चीनको अधिनमा आएको हङकङमा स्वतन्त्रताका आन्दोलनहरु हुँदै आएका छन् । Photo: Youtube



प्रतिक्रिया दिनुहोस्