Logo

फुटबल खेल्ने गाई (भिडियोसहित)



सँसारका उत्कृष्ट खेलाडीले खेलेको फुटबल हेर्न जोकोही चाहन्छन् । उनीहरुको खेल प्रत्यक्ष वा सामाजिक सञ्जालमार्फत् हेर्नेको संख्या करोडौं हुनेगर्छ । तर, भारतमा गाईले फुटबल खेल्छ ।

गोवामा कुशल फुटबल खेलाडी बनेको गाईको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा गाईले फुटबल खेलेको भाइरल बनेको छ । खुट्टाले बल हान्दै गाईले नाकले नियन्त्रणमा लिएको भिडियो हेर्नलायक छ ।

गोवामा फुटबल लोकप्रीय रहेको र स्थानीय मारडोलमा युवकहरुले फुटबल खेल्दा खेल्दै नजिकै चर्न गएको गाईले फुटबल नियन्त्रणमा राख्छ ।

युवाहरु बल लिन पुग्दा हान्न जान्छ । बल गाईबाट खोसेपछि युवाहरुलाई लखेट्न जान्छ । युवाहरुले आपसी पास गरेर गाईलाई बल खोस्नबाट रोक्छन् । तर, गाईले निकै मिहेनतका साथ दौडिएर बल खोस्न खोज्छ । Photo: Youtube

https://www.youtube.com/watch?v=n5A9AwF1dZU



प्रतिक्रिया दिनुहोस्