Logo

ट्रम्पको कार्टुन बनाउदा जागिर चट



काठमाडौ, १७ असार । क्यानाडाका कार्टुनिस्ट माइकल डि अडेरलाई न्यु ब्रन्सविकको एक प्रकाशन कम्पनीको जागिरबाट निकालिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएका कारण उनले जागिरबाट हात धुनुपरेको हो ।

उनले कार्टुनमा ट्रम्पले दुई आप्रवासी डुबेको तस्बिरमाथि गल्फ गर्दै गरेको देखाउन खोजेका थिए । कार्टुनमा ट्रम्पलाई गल्फ कोर्टमा देखाइएको छ ।

जसको नजिकै एक बाबु र बच्चाका शव छन् । जसको नजिकै उभिएर ट्रम्प सोध्छन्, ‘यदि मैले खेले भने के तिमीलाई दुःख लाग्नेछ रु’

यो कार्टुन गत साता रियो ग्रान्ड नदीमा डुबेका अल्बर्टो मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरीको मृत्युसँग सम्बन्धित छ ।



प्रतिक्रिया दिनुहोस्