Logo

बङ्गलादेशलाई पराजित गदैै भारत सेमिफाइनमा



बङ्गलादेशलाई २८ रनले पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बेलायतमा मङ्गलबार सम्पन्न खेलमा भारतले बनाएको तीन सय १४ रनलाई पछ्याउँदै ब्याटिङमा उत्रिएको बङ्गलादेशले निर्धारित लक्ष्य पूरा गर्न सकेन ।

निकै प्रतिष्पर्धात्मक खेलमा बङ्गलादेशले कडा चुनौती दिएपनि भारतीय खेलाडीहरुले शुरुमै महत्वपूर्ण विकेट लिएपछि बङ्गलादेश कमजोर भएको थियो । बङ्गलादेशका मध्यक्रमका ब्याट्सम्यानहरुले सम्हालिएर खेलेपनि जितका लागि पर्याप्त रन बनाउन सकेनन् । ४७ औं ओभरमा बङ्गलादेशको लगातार दुई विकेट झरेको थियो । बङ्गलादेश दुई सय ८६ रनमा सिमित भएको थियो ।

जितपछि भारत अंक तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । हारसँगै बङ्गलादेशको विश्वकप यात्रा टुंगिएको छ ।



प्रतिक्रिया दिनुहोस्