Logo

जङ्गबहादुरको पालामा खुबै चल्थ्यो फ्रान्सको कोन्याक रक्सी



फ्रान्सको कोन्याक ब्रान्डको रक्सी जङ्गबहादुर राणाको पालामा नेपालमा खुबै चलेको थियो । राणा र उनीहरु निकट विलासीहरु कोन्याक ब्रान्डी पिउँदा शान बढेको ठान्दथे ।

कोन्याक रक्सी भित्राउने व्यापारमा संभ्रान्तहरुसँग नजिकको सम्बन्ध भएकाहरुले गर्दथे । सोमरस भन्दै कोन्याक रक्सी जुटाउन लागिपर्दथे ।

कोन्याक ब्रान्डी बेचेर धनी हुनेहरु भएको तथ्य जङ्गबहादुरको पालामा नेपाल भ्रमण गरेका रुसी नागरिक मिलायभले यात्रा वर्णनमा गरेका छन् । कोन्याक ब्रान्डको रक्सी युरोपबाट समुन्द्रबाट हुँदै नेपालको अग्लो पहाडमा बोकाएर काठमाडौं सम्म ल्याइपु¥याएको देखेर मिलाएभ छक्क परेका थिए ।

फ्रान्सको कोन्याकमा भन्ने स्थानमा बन्ने ब्रान्डी आजपर्यन्त लोकप्रीय छ । कोन्याक अंगुरका लागि प्रशिद्ध छ । कोन्याक रक्सी तामाको भाडाबाट दुईपटक डिष्टिल गरी विशेष काठको भाँडोमा कम्तिमा दुई वर्ष पुरानो बनाएपछि मात्र बजारमा पठाइन्छ ।



प्रतिक्रिया दिनुहोस्