Logo

माग सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी



काठमाडौं । १४ बुँदे घोषणापत्र जारी गर्दै स्थानीय तह कर्मचारी युनियनको भेला सम्पन्न भएको छ । यही असार १३ र १४ गते काठमाडौंमा गरिएको प्रथम राष्ट्रिय भेलाको घोषणापत्र तीन तहका सरकारलाई बुझाइने बताइएको छ ।

भेलापछि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले भेलाले अघि सारेका मागको सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी दिए । एउटै कार्यालयभित्र दुईथरी कर्मचारी र व्यवहार भइरहेको भन्दै उनीहरुले त्यस्तो विभेदको अन्त्य हुनुपर्ने माग गरिएको छ ।

स्थानीय तहमा पाँच हजार २०० ज्यालादारी तथा अस्थायी कर्मचारी रहेको भन्दै उनीहरुलाई समायोजन गरी स्थायी गर्नुपर्ने मागसमेत गरिएको छ । २०६४ सालअघि नियुक्ति पाएर काम गर्दै आएका अस्थायी कर्मचारीलाई स्थायी गर्न कुनै बाधा नभएको भनेर सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि अदालतको आदेशसमेत सरकारले कार्यान्वयन नगरेको गुनासो उनीहरुले गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्