Logo

एक किलो अकबरे खुर्सानीको मुल्य ३८ लाख



काठमाडौं, असार १८ । नेपालमा पाईने अकबरे खुर्सानीलाई हामि महंगो भएपनि स्वास्थको लागि राम्रो मान्दै आएका छौ ।

अचारको रुपमा खाईने अकबरे खुर्सानीको मुल्य अरु बजारमा पाईने खुर्सानीको भन्दा अलि बढि पनि रहदै आएको छ । बिदेशीहरुले पनि नेपाल भ्रमणमा आउदा आफ्नो देश फर्कने समय चिनो तथा कोसेलीको रुपमा अकबरे खुर्सानी लग्ने टे«न्ड चल्दैछ नेपालमा ।

त्यतिमात्र होईन हाम्रै नेपालीले पनि देश तथा बिदेशमा रहेका आफन्तलाई कोसेली स्वरुप उक्त खुसा{नी पठाउदै आएका छौ । तर, दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ ।

सानो आकारको हुने अर्थात जिरे टाइपको यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ ।

यो खुर्सानी विश्वमा केवल पेरुमा मात्र पाइन्छ । यो खुर्सानीको बिउ समेत सजिलैसँग खरिद गर्न पाइँदैन । पाइहालिएमा पनि बिउको मूल्य पनि लाखौँ पर्दछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्