Logo

राहुलले अध्यक्षबाट किन राजीनामा दिए, खुलाए यस्तो रहस्य



काठमाडौं । राहुल गान्धीले कंग्रेस आईको अध्यक्ष पदबाट राजनीमा दिएका छन् । गान्धीले बुधबार उक्त घोषणा सार्वजनिक गरेका हुन् । गान्धीले राजीनामाको घोषणासँगै एक पत्र पनि ट्विट गरेका छन् । जसमा उनले अरुलाई जवाफदेही बनाउनको लागि पहिले आफू जवाफदेही बन्नुपर्छ भन्ने कुरा उल्लेख गरेका छन् ।

पढ्नुहोस राहुल गान्धीको त्यो पत्र

कांग्रेसको लागि काम गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । जसको आदर्श हाम्रो जस्तो खूबसूरत देशको लागि जीवन शक्ति हो । म माथि पार्टी र देशको मायाको ऋण छ । कांग्रेसको प्रमुख भएको नाताले २०१९ को लोकसभा चुनावमा भएको हारको जिम्मेवारी मेरो हो । भविष्यमा पार्टीलाई अझ सशक्त र विस्तारित गर्न जिम्मेवारी धेरै छ । यही कारणले मैले कांग्रेसको अध्यक्षबाट राजीनामा दिएको हुँ ।

पार्टीर्ला फेरि सशक्त बनाउनको लागि कडा फैसलाको जरुरी छ । चुनावमा भएको हारको लागि धेरै मानिसको जवाफदेही तय गर्न आवश्यक छ । यो अन्याय हुन्छ कि म अरुको जवाफदेही तय गरौं र आफ्नो जवाफदेहीको उपेक्षा गरौं ।



प्रतिक्रिया दिनुहोस्