Logo

मनाङे नेकपा प्रवेश गर्दा योगेशलाई तनाब !



काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे भनेर चिनिने राजिव गुरुङ नेकपामा प्रवेश गरेपछि पार्टीभित्र हल्लीखल्ली मच्चिएको छ । मनाङे नेकपामा प्रवेश गर्दा सबैभन्दा बढि टाउको दुखाईको विषय स्थायी समिति सदस्य तथा युवा नेता योगेश भट्टराईलाई भएको छ । उनले सामाजिक सञ्जालमै मनाङेको पार्टी प्रवेशप्रति गम्भिर आपत्ति जनाएका छन् ।

हेर्नुहोस उनले आफ्नो ट्वीटरमा लेखेको असन्तुष्टि जस्ताको त्यस्तै :

 “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !” 

अब दिपक मनाङ्गे कमरेड भएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टीले विधान हातमा थमाएर पार्टी प्रवेश गरायो । नेपाल कम्युनिष्ट पार्टीमा १८ असारमा औपचारिक प्रवेशसँगै मनाङ्गे कमरेड दिपक मनाङ्गे भए ।

स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट प्रदेशसभा सांसद जितेका उनलाई प्रहरीले आपराधिक गतिविधिमा संलग्नताको अभियोगमा मुद्या दायर गरेपछि फरार थिए । सपथ लिन नपाएका उनी पक्राउ परेर अदालतमा मुद्यापछि रिहा भई सपथ लिन पुगेका थिए ।

मनाङमा तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई सघाएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । यसमा एमाले र मनाङ्गेको गठबन्धन भएको थियो । मनाङ्गे एमालेको टिकटमा चुनाव लड्न खोज्दा पार्टीभित्र विरोध भएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

मनाङ्गेलाई पार्टी प्रवेश गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग अगाडि उभिएका थिए । उनैले विधान हस्तान्तरण गरी मनाङ्गेलाई पार्टी प्रवेश गराएका थिए ।

मनाङ्गे आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पटक पटक जेल परिसकेका छन् । उनलाई गुण्डा नाइकेको ट्याग समेत लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्