Logo

डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाबाट बाहिरियो



काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाबाट बाहिरिएको छ । तेस्रो पटक उपाधि जित्ने चिलीको सपनामा पेरु बाधक बनेको छ । आज विहान भएको सेमिफाइनलमा पेरुले चिलीलाई ३–० को पराकिलो अन्तरले हराएको छ । अब उसले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ ।

चिलीको घरेलु मैदानमा भएको खेलमा पेरुले २१ औं मिनेटमा इडिसन फ्लोरेसको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा योसिमार योतुनले गोल गर्दै पहिलो हाफमा पेरुलाई २–० को अग्रता दिलाए । उसका लागि अन्तिम गोल भने इन्जुरी टाइममा पाउलो गोरेगोले गरे । फाइनल खेल आइतबार रियो दि जिनेयियामा हुनेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्