Logo

सेनाका तीन महासेनानी सहायक रथीमा बढुवा



काठमाडौं, १९ असार । सरकारले नेपाली सेनाका तीन महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा गरेको हो ।

प्राविधिक सहायक रथी कमाल सिंह प्रधान, शरदलाल श्रेष्ठ र किरण श्रेष्ठ पदोन्नती गरी पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । प्राविधिक महासेनानी डा. मुकुन्द सि.ह श्रेष्ठ र डा. सुनिता पन्तको पदोन्नती गरी पदस्थापना गरिएको छ । सहायक रथी डा. अरुणकुमार न्यौपानेको सरुवा गरिएको छ । यसैगरी, १६ जना सहायक रथीको सरुवा भएको छ ।

यसैगरी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धि छानबिन समितको प्रतिवेदन कार्यान्वयन गर्न गठिन नेपाल प्रहरीको सीआइबीको छानविन समितको म्याद २८ साउनसम्म थप गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्