Logo

पूर्वमन्त्री धमलासहित एक दर्जन नेता नेकपामा प्रवेश



काठमाडौं । तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

शधुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच नेताहरुलाई पार्टी प्रवेश गराइएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्