Logo

मृत्युलाई जितेर आँखा खोज्दै काठमाडौँमा



काठमाडौं, २२ असार । एउटा आँखा र नाकमा सेतो पट्टी बाँधिएको, अर्को आँखामाको छेउमा छाला टाँसिएको, अनुहारको ठाउँठाउँमा टाँका लगाइएका दागहरू र केही खाटा बसेका घाउहरू।

उनलाई देख्ने जोसुकैले उनी गाडी दुर्घटनामा परेको अनुमान लगाउतर जुम्ला चन्दना नगरपालिका जाँतेभिडका २० वर्षीय जीवन सुनारको गत पुसमा भालुले आक्रमण गरेपछि यस्तो हविगत भएको हो।

गत पुस ४ गते स्याउको बगैचा बार्ने निगालो ल्याउन जंगल गएका बेला उनी भालुको आक्रमणमा परेका थिए। उनको दाहिने आँखा भालुले निकालेको छ भने अनुहारको अन्य भाग क्षतविक्षत भएको छ।

अहिले उनको शरीरको उपचार शुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको छ भने आँखाको उपचार तिलगंगा आँखा प्रतिष्ठानमा। जीवन निगालो काट्न गाउँका तीनजना साथीसहित जंगल पुगेका थिए।

उनी एउटा घारीमा निगालो काट्न थाले, साथीहरू अर्को घारीतिर गए। निगालो काट्न थालेको एकैछिनमा उनलाई भालुले आक्रमण ग(यो। आक्रमणबाट उनको दाहिने आँखा खस्यो। त्यसपछि पनि भालुले चिर्थोन छोडेन।

अनुहारको नाक, कन्चिट सबै धुजाधुजा भए। अनुहारको अघिल्लो भाग च्यातिएर च्यापुअघि झुन्डियो। उनले आँखा देख्नै सकेनन्। भालु उनी घाइते भएको नजिकै बसेर कराइरहेको थियो।

भालुले आफूलाई मार्ने देखेपछि उनमा भालुलाई पनि आक्रमण गर्ने सोच आयो। उनले भालुले मुख खोलेको मौका पारी भालुको मुखभित्रै हात पसाए। भालु एकछिन अकमकियो।

उनले हात निकालेपछि भालु उनलाई छोडेर गयो। उनी जंगलमा कराइरहे। गुहार सुन्ने साथीहरू गइसकेका रहेछन्। कसैले सुनेन। उनी दुवै आँखा देख्न नसक्ने भएका थिए।

शरीरबाट तरतरी रगत बगिरहेको थियो। तर श्वास रहेसम्म आस हुन्छ भनेझैं उनी कराउँदै, लत्रिदैं अघि बढे। लत्रिँदै जाँदा झाडीमा परे। त्यहाँबाट कता जाने मेसो पाएनन्। त्यही झाडीबाट कराउन थाले।

जंगलदेखि केही तल रहेको बारीमा महिलाहरू काम गरिरहेका थिए। संयोेगले ती महिलाहरूले उनी कराएको आवाज सुने। तर उनीहरूले जंगलतिरबाट आएको त्रासयुक्त आवाजलाई ‘भूत’ ठाने र भाग्न खोजे।

महिलाहरूले भूत भनेको सुनेपछि जीवनले ‘म भूत होइन यो गाउँको जीवन हुँ, भालुले कोप(यो,’ भनेर कराए। त्यसपछि महिलाहरूले गाउँलेलाई गुहारे र गाउँलेहरू भेला भएर जुम्ला अस्पतालतिर लगे।

जंगलदेखि दुई घण्टा बोकेर, त्यसपछि अटोरिक्सामा राखेर जुम्ला अस्पताल पु(याइयो। जुम्ला अस्पतालमा ४८ घण्टा आइसियुमा राखेर रगत चढाउने र घाउ सिलाउने उपचार भयो।



प्रतिक्रिया दिनुहोस्