Logo

मोटोपनबाट क्यान्सरको सम्भावना ध्रुमपानले भन्दा बढी



मोटोपन बढेको छ भने होशियार ! यो धुम्रपानभन्दा खतरनाक हुनसक्छ ।

क्यान्सरका केही सम्भावना धुम्रपानले भन्दा मोटोपनले बढी हुन्छ । बेलायतमा गरिएको अध्ययनले क्यान्सरका केही प्रकारका विरामी धुम्रपान भन्दा मोटोपनका कारण भएको तथ्य फेला परेको हो ।

किड्नी, पाठेघर, कलेजोमा भएका क्यान्सर मोटोपन पनि कारण बनेको छ । यी क्यान्सर धुम्रपानभन्दा बढी मोटोपनका कारण भएको पत्ता लागेको हो ।

क्यान्सर रिसर्च युकेले गरेको अध्ययनले धुम्रपान गर्ने भन्दा मोटो मानिसहरु दोब्बर संख्याकालाई किड्नी, कलेजो र पाठेघर जस्ता अङ्गको क्यान्सर भएको पत्ता लागेको हो । मष्तिष्क, थाइराइड, स्तन, कलेजो, प्यानक्रिज, पेट, किड्नी, पाठेघर जस्ता अङ्गमा क्यान्सर हुनुमा मोटोपन मुख्य कारण देखिएको छ । Photo: EndocrineWeb



प्रतिक्रिया दिनुहोस्