Logo

प्रचण्डका शक्तिशाली घरबेटी अन्तत: यसरी परे फन्दामा



काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कन्ट्रक्सन कम्पनीलाई कारबाहीको तयारी भएको छ ।

भक्तपुर जिल्लाको नगरकोट जाने सडक ठेक्का लिएर राजनीतिक शक्तिको आडमा अलपत्र पारेपछि शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सन कम्पनीलाई सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जरिवाना तिराउन लागेको हो ।

अधिकारीले कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक अलपत्र छ । उनले यस्ता सडकहरू दर्जनौ स्थानमा लिएर राजनीतिक शक्तिको आडमा काम अलपत्र पारेर जनतालाई दुःख दिँदै आएका छन् ।

सडक निर्माणमा ढिलासुस्ती र लापरवाही भएकाले शैलुङलाई ठेक्का रकमको १० प्रतिशत अर्थात झण्डै ३ करोड रुपियाँ जरिवाना गर्न लागेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन् ।०७१ को जेठबाट निर्माण शुरू भएको १६ किलोमिटर सडकको काम सम्झौताअनुसार ०७३ को जेठसम्म बन्नु पर्ने थियो ।

अहिलेसम्म आयोजनामा ५४ प्रतिशत मात्रै वित्तीय प्रगति भएको जनाइएको छ भनेकम्पनीले भने ६५ प्रतिशत भन्दा बढी काम भैसकेको दाबी गर्दे आएको छ ।आयोजनाको पटक पटक गरी हालसम्म ४ पटक म्याद थप भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्