Logo

श्रीलङ्काद्वारा भारतलाई २६५ रनको लक्ष्य



संयुक्त अधिराज्य, २१ असार । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलङ्काले भारतलाई २६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको हो ।

बाह्रौँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत श्रीलङ्काका लागि सबैभन्दा धेरै एन्जेलो म्याथ्युजले योगदान गर्दै ११३ रन बनाउन सफल भएका थिए ।

उनले १२८ बलको सामना गर्दा १० चौका र दुई छक्कासहित ११३ रन जोडेभने लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि शिल्भाले २९, अभिषेक फर्नाण्डोले २०, कुशल परेराले १८ र दिमुथ करुणारत्नेले १० रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुमराहले तीन तथा हार्दीक पाण्डेय, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिए ।

श्रीलङ्काको तर्फबाट एल मालिङ्गा र के रजिताले व्याटिङ् गरेनन् ।



प्रतिक्रिया दिनुहोस्