Logo

क्यामरुनलाई स्तब्ध पार्दै नाइजेरिया क्वाटरफाइनलमा



क्यामरुनमाथि सनसनीपूर्ण जीत हासिल गर्दै नाइजेरिया अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा नाइजेरियाले क्यामरुनलाई तीनका विरुद्ध दुई गोलले पराजित गरेको हो ।

पहिलो हाफमा क्यामरुन २—१ ले अघि थियो । तर, दोस्रा हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि नाइजेरियाले क्यामरुनलाई स्तब्ध पारेको थियो ।

क्यामरुनका लागि स्टेफाने बाहोकेन र क्लिन्टन निजीले गोल गरेका थिए । नाइजेरियाको जीतमा इगालो नायक भए । उनले दुई गोल गरे । खेलमा शुरुवाती अग्रता नाइेजेरियाले लिएको थियो ।

अफ्रिकी फुटबलको पावर हाउस नाइजेरिया र क्यामरुनको खेललाई फाइनलकै नजरले हेरिएको थियो । अफ्रिकाबाट यी दुई देश सबैभन्दा बढी पटक विश्वकप खेल्नेमा पर्दछन् ।



प्रतिक्रिया दिनुहोस्