Logo

मेस्सीलाई खेल जीवनको दोस्रो रातो कार्ड



फुटबल स्टार लियोनल मेस्सीले खेल जीवनकै दोस्रो रातो कार्ड पाएका छन् । नेपाली समय अनुसार आइतबार विहान भएको कोपा अमेरिका फुटबलको तेस्रो स्थानको प्रतिष्पर्धामा चिलीविरुद्ध खेल्दा रातो कार्ड पाएका हुन् ।

खेलको ३७ औं मिनेमा चिलीका खेलाडी ग्यारी मेडलसँग झगडा गरेपछि उनले रातो कार्ड पाएका हुन् । चिलीका मेडलले पनि रातो कार्ड पाएका थिए । मेसीले १४ वर्ष अघि रातो कार्ड पाएका थिए।

प्रतिष्पर्धामा अर्जेन्टिनाले चिलीलाई २—१ गोल अन्तरले पराजित गरेको थियो । रोमाञ्चक खेलमा अगुयरोको गोलले अर्जेन्टिनाले अग्रता लिएको थियो ।

डाइबालाले अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा भिडालले गोल गरेपनि जीतका लागि पर्याप्त भएन ।

कोपा अमेरिकाको फाइनलमा पेरु फुटबलको महाशक्ति ब्राजिलसँग आज भिड्दैछ । पेरु इतिहास रच्न खेल्दैछ । उसले अहिलेसम्म विश्वस्तरको प्रतिष्पर्धामा फाइनल जित्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्