Logo

मृतक बालकको परिवारलाई आर्थिक सहयोग



काठमाडौं, २२ असार । इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सोही वडाको जामुनेस्थित माछापुच्छ«े इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो ।

युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर शाहीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । दुःखको घडीमा पीडित परिवारलाई मल्हम लगाउने उद्देश्यले स्थानीयस्तरमा रकम सङ्कलन गरिएको रानाभाटले जानकारी दिनुभयो ।

मृतकका बाबु शाहीले दुवै छोरा गुमाउनु पर्दाको पीडा पैसाले पूर्ति नहुने भए पनि सहयोग गरेकामा सहयोगीदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राधा माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किने क्रममा इँटाभट्टाको पोखरीमा पौडी खेल्दा असार १८ गते दाजुभाइको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्