Logo

प्रविधिबाट हुने अपराध रोक्न प्रहरीलाइ स्रोत साधनले सम्पन्न बनाउने तयारी



भरतपुर, २२ असार । सरकारले नेपाल प्रहरीलाई वैज्ञानिक स्रोत साधनले सम्पन्न बनाउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज भरतपुरमा बोल्दै आपराधिक क्रियाकलाप रोक्न वैज्ञानिक स्रोत साधनको सहजकिरण गर्दै प्रहरी संगठन सबलीकरण गरिने बताएका हुन् ।

‘परिवर्तिन अवस्थामा सुचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृहमन्त्रालयले तयारी थालेको छ,’ गृहमन्त्री थापाले जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २१७५ औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सम्बोधन गर्दै भने । नेपाल प्रहरीका लागि प्रविधिबाट हुने अपराध रोक्न पर्याप्त स्रोत साधन नभइरहेको विषय उठिरहँदा गृहमन्त्रीको भनाई आएको हो ।


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउन लाग्नुपनेृमा जोड दिए । नागरिक र समाजको हितलाई नै सर्वोपरी ठानी कार्यसम्पादन गर्न निर्देशन दिए । अपराधविरुद्ध सुन्य सहनशीलता अपनाएको स्पष्ट पार्दै सेवानिवृत्त भएपछि गर्वले छाति चौंडा भएको महशुश हुनेगरी नागरिक र समाजको हितमा केन्द्रित हुन भने ।

दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एआइजी पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७५ साउन २७ देखि संचालित तालिममा तीन सय पाँच जना प्रशिक्षार्थीको सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ ।

समारोहमा गृह मन्त्रालयका सल्लाहकारहरु सूर्य सुवेदी र डा. इन्द्रजित राई, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतको उपस्थिति थियो । तस्वीर स्रोतः नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्