Logo

कांग्रेसमा किचलो, बैठक अझै सुरु भएन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज विहानैबाट सुरु हुने भनिएको केन्द्रिय कार्यसमिति बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । बैठक बस्नुअघि शीर्ष नेताहरुको आ–आफ्नो गुटको बैठक बसिरहेको छ।

आजबाट सुरु हुने भनिएको बैठकमा विभिन्न १२ वटा एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनकाअनुसार बैठकमा सरकारका गलत कामकारबाही र निर्णयका विरुद्धमा छलफल हुनेछ । त्यस्तै, पार्टीको महाधिवेशनको मिति तय गर्नुपर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्