Logo

१८ हजार घुस लिने डिठ्ठामाथि मुद्दा



काठमाडौं, २२ असार । १८ हजार घुससहित पक्राउ परेका जिल्ला अदालत बाराका डिठ्ठा सुनिल चौधरीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । आज उनीमाथि रङ्गेहात घुस लिएको अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

डिठ्ठा चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना नगरी घुस माग गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको थियो । उनीमाथि बिगो बमोजिमको सजायसहित मागदाबी दिई मुद्दा दायर गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्