Logo

कांग्रेस केन्द्रिय समितिमा एजेण्डा प्रस्तुत, २७ गते छलफल हुने



असार २२, काठमाण्डौ । नेपाली कांग्रेसको आजको केन्द्रिय समिति बैठक अजेन्डा प्रस्तुत गरेर सकिएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलमै सिमित भएपछि साँझ मात्र बसेको थियो । नेताहरु गुटगत छलफलमा व्यस्त भएकाले बैठक ढिलो सुरु भएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले अजेन्डा प्रस्तुत गरेका हुन्

बैठकअघि अनौपचारिक छलफलमा सभापति देउवा, अर्का नेता रामचन्द्र पौडेललगायत सहभागी थिए । नेता पौडेल पक्ष महाधिवेशनका लागि कार्ययोजनासहित आउनुपर्ने अडानमा रहेको र पार्टीमा त्यसका लागि कुनै तयारी नभएकाले बैठक ढिलो सुरु भएको थियो ।

नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने बैठकको एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अव अर्काे बैठक २७ गते बस्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्