Logo

कोपा अमेरिकाको उपाधि ब्राजिललाई, जीतेपनि जेससको रुवावासी



ब्राजिलले कोपा अमेरिका कप जितेको छ । २३ असारको विहान भएको खेलमा पेरुलाई ३—१ ले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो ।
घरेलु मैदानमा १२ वर्षपछि कोपा अमेरिका जित्न कठिन संघर्ष गर्नुपर्यो । पहिलो हाफमा २—१ गोलले अगाडि रहेपनि स्ट्राइकर ग्राबियल जेसस ७० औं मिनेटमा रातो कार्ड खाएर मैदान बाहिर जानुपर्दा पेरुले गोलको प्रयास गर्ने मौका पायो ।

पेनाल्टी गोल गरेपछि पेरुले पहिलो हाफमा बराबरी गरेपनि इन्जुरी समयमा जेससले गोल गरी २—१ को अग्रता दिलाए । खेलको दोस्रो हाफको अन्ततिर पेनाल्टी पाएपछि रिचार्लिसनले गोल गरेपछि ब्राजिललाई राहत भयो ।

ब्राजिलका लागि सुसा सोरेसले १५ औं मिनेटमा गोल गरेका थिए । पेरुका गुरेराले पेनाल्टीमार्फत् ४४ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा नायक सावित हुनलागेका जेसस रातो कार्ड खाएपछि खलनायकमा परिणत हुने अवस्था बनिसकेको थियो । लगातार दोस्रो पहेंलो कार्ड खाएपछि जेसस मैदान छाड्नुपर्दा रिसाएर पानीको बोतलमा लात्ताले हान्दै र भीएआरलाई ढलाउन खोज्दै मैदानबाट निस्केका थिए । उनी मैदान छाड्दै गर्दा रोएको दृश्य देखिन्थ्यो । Photo: Skysports



प्रतिक्रिया दिनुहोस्