Logo

पत्नी भागेको पीडाबीच शेखले दिए राजदूत ढकाललाई ओहदाको प्रमाणपत्र



रिपोर्टर्स नेपाल विशेष । दुबईका प्रधानमन्त्री समेत रहेका राजकुमार शेख मोहम्मद बिन रसिद अल मक्तुम पत्नी भागेर चिन्तामा छन् । उनकी छैंठो पत्नी भागेर बेलायत लुकेकी छिन् ।

संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मक्तुमसँग नेपालका लागि युएईका राजदूत कृष्णप्रसाद ढकालले भेटेका छन् । युएईका राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिन ढकालले २३ असारमा अबुधावीमा भेटेका हुन् । ओहदाको प्रमाणपत्र लिन राजदूत ढकाल भादगाउँले टोपीसहित दौरा सुरुवालमा पुगेका थिए ।


विशेष समारोहबीच न्यु प्रेजिटेन्टियल प्यालेसमा ओहदाको प्रमाणपत्र लिंदा राजकुमारको मुहारमा कुनै खुशी थिए । चिन्तामा देखिने राजकुमार मुक्तमसँग हात मिलाउँदा राजदूत ढकाल निकै खुशी देखिन्छन् ।

राजकुमार मुक्तमकी पत्नी राजकुमार हाया बेलायतमा शरण लिन खोजेकी छिन् । उनको जीवन खतरामा परेर भागेको चर्चा चलिरहेको छ । जोर्डनकी राजपरिवारकी हाया राजकुमार मुक्तमका छैंठो पत्नी हुन् । उनी आधुनिक रहनसहनमा हुर्किएपनि परम्परागत रहनसहनका अर्बपति राजकुमारसँग विवाह गर्न पुगिन् । तस्वीरः राजदूत कृष्णप्रसाद ढकालको फेसबुक



प्रतिक्रिया दिनुहोस्