Logo

विनोद चौधरीलाई केन्द्रिय सदस्य बनाउन दबाब



काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक हिजोबाट सुरु भएको छ । जारी बैठकमा विभिन्न १४ वटा एजेण्डा प्रस्तुत भएका छन् । ती एजेण्डामा यही असार २७ गतेबाट दफाबार छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

पार्टीभित्र अहिले सांसद तथा नेपालका एकमात्र खर्बपती विनोद चौधरीलाई केन्द्रिय सदस्य बनाउनुपर्नेबारे प्रभावशाली नेताहरुले आवाज उठाएका छन् । चौधरीलाई पार्टीभित्र भूमिका दिए कांग्रेस अझै सशक्त र बलियो हुने उनीहरुको बुझाई छ ।

चौधरी पार्टीभित्र सबैको साझा नेताको रुपमा परिचित छन् । महामन्त्री डा. शशांक कोइरालाको मात्रै नभएर सभापति शेरबहादुर देउवाको पनि पहिलो रोजाईमा चौधरी परेका छन् । अर्थतन्त्रको ज्ञातासमेत रहेका चौधरीको कांग्रेस प्रवेशलाई भावी अर्थमन्त्रीको रुपमा समेत चित्रण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्