Logo

खेलकुद परिषदको सदस्यसचिवमा सिलवाललाई रोक्न को को लागे



काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाललाई ल्याउने पक्कापक्की भएपनि रोकिएको छ । २३ असारको विहान उनलाई नियुक्ति दिएर सपथ खुवाउने भनिएपनि रोकिएको छ ।

सिलवाललाई मन्त्रिपरिषद्को बैठक बसेर नियुक्ति दिने पक्कापक्की भइसकेको थियो । मदन भण्डारी खेलकुद एकेडेमीका पूर्व अध्यक्ष समेत रहेका सिलवाल केपी शर्मा ओलीका निकट मानिन्छन्

वर्तमान सदस्यसचिव केशव बिष्टको कार्यकाल ९ असारमा सकिएपछि सिलवाललाई बनाउन ओली निकटस्थहरु सक्रिय भएका थिए ।
निवर्तमान अध्यक्ष बिष्ट सदस्यसचिवमा रहन चाहन्छन् । तर, ओली उनीप्रति सकारात्मक छैनन् । खेलकुद परिषद्को सदस्यसचिव बन्न नेपाल कम्युनिष्ट पार्टीभित्र अन्य नेता कार्यकर्ताको पनि दौडधुप चलिरहको छ ।

ओली निकटस्थ केही नेता र ओलीइतरका नेताहरु पनि सिलवाललाई रोक्न लागेका छन् । धादिङ घर भएका सिलवाललाई रोक्न भने सजिलो नभएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्