Logo

महाधिवेशनमै किचलो, देउवा–पौडेल पक्ष विभाजित(भिडियोसहित)



असार २३, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा असन्तुष्ट पक्षले महाधिवेशनको ऐजेण्डा प्रमुखताका साथ उठाउने भएका छन्, भने सभापति पक्षले त्यसलाई प्रतिबाद गर्ने भएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशनको तयारी तत्काल थाल्न दवाव दिने बताईरहदा सभापति शेरवहादुर देउवा पक्ष भने महाधिबेशन सकेसम्म धकेल्ने रणनीतिमा छन् । देउवा विधानको व्यवस्था अनुसार चार वर्षभित्र महाधिवेशन गराउन तयार नरहेको आरोप लगाउदै असन्तुष्ट पक्षले महाधिवेशनको मुद्धा अघि बढाउन लागेको हो ।

पार्टी संगठनलाई चुस्त बनाएर आउँदो तीनै तहको निर्वाचन तयारीमा जुट्न पनि महाधिवेशन गर्न कुनै विलम्ब गर्न नहुने असन्तुष्ट पक्षको ठहर छ । तर, सभापति देउवा विधानले दिएको अधिकार प्रयोग गरी एक वर्ष कार्यकाल लम्ब्याउने तयारीमा लाग्नसक्ने उनीहरुको आशंका छ ।

यसैले अव बाटै १४ औं महाधिवेशनको तयारी तत्काल थाल्नुपर्ने पौडेल पक्षका नेताहरुको निष्कर्ष छ । केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशनको विषयमा ठोस प्रस्ताव वा विकल्पहरु पेस नगरेसम्म अरु अजेन्डामा प्रवेश गर्न नदिने रणनीति असन्तुष्ट पक्षले बनाएको छ ।

सामान्य अवस्थामा चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ । अब तल्लो तहको अधिवेशन तत्काल सुरु नगर्ने हो भने समयमा महाधिवेशन गर्न सकिँदैन । त्यसैले प्रक्रिया सुरु गरिहाल्नुपर्नेमा पौडेल पक्षका नेताहरुको जोड छ ।

बैठकमा असन्तुष्ट पक्षले सभापति देउवासँग १४ औं महाधिवेशनको कार्यतालिका माग्ने भएको छ । महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउने सभापतिलाई दवाव दिने तयारी रहेको नेताहरु बताउँछन् ।

महाधिवेशनको टुंगो लागेपछि मात्र बैठक अरु अजेन्डामा प्रवेश गर्ने सभापति ईतर पक्षले अडान लिएपनि सभापति पक्षधरले भने यो विषय अहिले सान्दर्भिक नहुने जिकिर गरेको छ ।

सभापति देउवा विधानको व्यवस्था अनुसार चार वर्षभित्र महाधिवेशन गराउन तयार नरहेको असन्तुष्ट पक्षको आरोप छ । संविधानमा भने कुनै पनि दलले साँढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने छ । सभापति देउवा पार्टी विधानमा रहेको संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तल्ला तहलाई पूर्णता दिँदै कार्यकाल लम्ब्याउने पक्षमा रहेको आरोप असन्तुष्ट पक्षको छ ।



प्रतिक्रिया दिनुहोस्