Logo

राखेपमा रमेश सिलवालको इन्ट्रि, के होला १३ औँ साग ?



असार २३, काठमाण्डौ । शिक्षा क्षेत्रमा सक्रिय रमेश सिलवालाई राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव बनाइएको छ । सिलवाल यसअघि पनि खेल क्षेत्रमा पनि आवद्ध भने नभएका होइनन् । सिलवाललाई राखेपको जिम्मेवारी दिएपछि खेल क्षेत्रको थप विकासमा महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेश कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई आजैदेखि लागू हुने गरि सदस्यसचिवमा नियुक्त गरेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिए ।

उनलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराएका हुन् । गत असार ९ गते तत्कालिन सदस्यसचिव केशबकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्यसचिव विहीन बनेको थियो । सिलवालले आजै पद बहाली पनि गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सिलवालको नाममा सहमति जुटाएको हो । नवनियुक्त सदस्य सचिव सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

यसअघि तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग गर्ने चुनौती स्वीकार गरेर आफूले जिम्मेवारी लिएको बताएका हुन् ।

सिलवाललाई सरकारले २०७२ सालमा नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजकको जिम्मेवारी दिएको थियो । तर अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमा राजनीतिक हस्तक्षर र अपरादर्शी निर्वाचनको कारण देखाउँदै निलम्बन गरेको थियो ।

सत्तारुढ दल नेकपा तथा तत्कालिन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत रहेका सिलवालले मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गरेर खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीसंग निकट रहेर काम गर्दै आएका सिलवाललाई वर्तमान सरकारले नेपाली खेलकुद हाँक्ने जिम्मेवारी दिएको हो ।

नीजि कलेज गोल्डेनगेट सञ्चालन गर्दै आएका सिलवाल उच्च माध्यमिक विद्यालय संघ हिसानका पूर्व अध्यक्ष पनि हुन् । यही जेठ ९ गेत विष्टको ४ वर्षे कार्यकाल सकिएपछि सदस्य सचिव पद रिक्त रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्