Logo

विहानैदेखि उपत्यकामा हल्का वर्षा, भारी वर्षाको सम्भावना



काठमाडौं, २४ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा विहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकालगायत मध्य तथा पूर्वी भागको आकाशमा बादलले ढाकेको छ । पश्चिमी भूभागमा आंशिक बादल छ ।

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भागका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरेको छ । २४ र २५ असारको मौसम पूर्वानुमान अनुसार मध्य र पूर्वका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरुमा आगामी दुई दिन वर्षाको सम्भावना छ । पश्चिमका थोरै स्थानहरुमा मात्र भारी वर्षाको पूर्वानुमान गरिएको छ । पूर्वी र मध्य भागका केही स्थानहरुमा २४ र २५ असारमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

देशभर पर्याप्त वर्षा नहुँदा धानखेतीमा असर पर्ने देखिदैछ । देशको आधा भागमा पनि रोपाई सकिएको छ । असारभित्र रापाई नहुँदा धान उत्पादन घट्न सक्छ । Satellite Photo: मौसम पूर्वानुमान महाशाखा



प्रतिक्रिया दिनुहोस्