Logo

राष्ट्रिय ध्वजावाहक विदशीलाई बेच्ने खरेलको योजना



रिपोर्टर्स नेपाल विशेष । नेपाल एयरलाइन्सलाई विदेशी कम्पनिको हातमा पु¥याउने योजनामा प्रमुख कार्यकारी अध्यक्ष मदन खरेल सफलतामा पुग्न लागेका छन् । दुनियाँलाई भ्रममा पारेर नेपाल एयरलाइन्सलाई जानीजानी संकटमा परेको देखाउन उनले वाइडबडीको नयाँ गन्तव्य उडान समेतमा अवरोध गरे ।

जापान उडानको योजनावद्ध तरिकाले उडान रोक्न भूमिका खेले । अन्य सम्भावित गन्तव्यमा समेत ढिलाई गरेर अरबौं आर्जन गराउन सक्ने वाइड बडीलाई सेतो हात्ती भनी प्रचार गराए । हवाई माफियाको योजना अनुसार कम्पनिमा लगेर रणनीतिक साझेदार भन्दै विदेशी लगानीकर्ता भित्राउने र त्यसवापत् कमिशन र शेयर प्रतिशत समेत प्राप्त गर्ने योजनामा खरेल लागिपरेको पुष्टि हुँदै गएको छ । उनले सार्वजनिक रुपमा विदेशी साझेदार भित्राउन लागेको खुलाइसकेका छन् । यसका लागि विभिन्न कारण देखाएपनि कमिशनको खेल रहेको तथ्य रिपोर्टर्स नेपाल डट कमले फेला पारेको छ ।

कसरी बन्यो योजना

संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद प्रकरण सम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठन गरेको उपसमितिको प्रतिवेदनमा समेत नेपाल वायु सेवा निगमलाई रणनीतिक साझेदार खोजीको निर्देशन दिइएको छ । यो योजना अन्र्तगत नै भएको थियो । नाफामा रहेको सरकारी ध्वजावाहक वायु सेवा निगमलाई सेवा विस्तारका लागि भन्दै रणनीतिक साझेदार खोजी गर्न दिइएको निर्देशनले शंका जन्मिइसकेको थियो ।

निगममा योजनावद्ध तरिकाले कम्पनिमा लगेर रणनीतिक साझेदार भित्राउने गृहकार्यलाई गति दिइनु र लेखा समितिले सोही आशयको निर्देशन दिनु एकसाथ भएको थियो । रवीन्द्र अधिकारी पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा देखि नै रणनीतिक साझेदार खोज्न विदेशीसँग कुराकानी चलिरहेको थियो । विदेशका केही चर्चित एयरलाइन्सहरुसँग त्यसबारे कुराकानी भएको खुलासा स्वयं अधिकारीले गरेका थिए ।

निगमलाई कम्पनिमा लाने तयारी अनुसार कुल सम्पत्ति दायित्वको मूल्यांकन भयो । त्यसका लागि निमगमका आर्थिक विभागका निर्देशक युवराज अधिकारीको संयोजकत्वमा चार सदस्यीय कमिटि गठन गरियो । कानुन पढेका अधिकारीले आर्थिक क्षेत्रको जिम्मेवारी पाएपछि सम्पत्ति दायित्वको मूल्यांकनमा सक्रिय भएका थिए । निगम स्रोतका अनुसार निगमको सबैभन्दा आकर्षक निकायमा पुगेका अधिकारीले निगमभित्रका अनुभवी चारजना चाटर्ड एकाउन्टेन्टलाई पछि पार्दै उक्त पद हात पारेका थिए । उनलाई नियुक्ति दिलाउन सक्रिय भएकाहरु नै कम्पनिमा लगेर रणनीतिक साझेदार भन्दै विदेशी कम्पनिलाई निगमको शेयर दिलाउने योजनामा लागे ।

निगमको कुल सम्पत्ति दायित्व मूल्यांकन गरेपछि बल्क सेयर ३० प्रतिशत विदेशी कम्पनिलाई दिलाउन हवाई माफियाहरुले शक्तिकेन्द्रलाई समेत सहमत गराइसकेका छन् । निगमको विश्वस्त स्रोतले बताए अनुसार यही बल्क सेयरबाट केही प्रतिशत सेयर लिने योजना अनुसार नाम चलेका हवाई क्षेत्रका व्यवसायी र विचौलियाहरु राजनीतिक शक्तिकेन्द्रलाई समेत आश्वस्त पारे ।

सम्पत्ति मूल्यांकनपछि कम्पनिमा लान मन्त्रिपरिषद्बाट निर्णय गराउने गृहकार्यलाई साथ नदिनेहरुलाई हवाई माफियाहरुले तारो बताए ।
निगमको कुल सम्पत्ति मूल्यांकन गरी श्वेतपत्र समेत जारी भइसकेको छ । निगमले २०७५ मा जारी गरेको श्वेत पत्रमा कुल पूँजी ४८ अर्ब ९३ करोड ३४ लाख उल्लेख छ । कुल कर्जा ३९ अर्ब ३८ करोड ५६ लाख छ ।

निगमको कुल सम्पत्ति दायित्व मूल्यांकन गर्दा ब्रान्डको मूल्यसहित गर्दा हवाई माफियाले विदेशी कम्पनिलाई भित्राएर अरबौं कमिशन हात पार्ने योजना बुनेका हुन् । निगम स्रोतका अनुसार देशभित्र हवाई क्षेत्रमा अनुभवी र विचौलियाहरु बल्क शेयर विदेशी कम्पनिलाई दिलाएर कमिशन पाउने गरी योजनावद्ध रुपमा बढेका छन् ।

मन्त्रिपरिषद्ले कम्पनिमा लाने निर्णय गर्ला ?

नेपाल वायु सेवा निगम कर्पोरेशन विनियमावली २०१९ अनुसार निगम संचालित छ । विनियमावली परिमार्जन गरी कम्पनिमा लान नीतिगत निर्णय गर्नुपर्ने हुन्छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय लिनुपर्ने हुन्छ ।

कम्पनि ऐन अनुसार संचालन नगरेसम्म बाह्य कम्पनि वा व्यक्तिलाई शेयर दिन मिल्दैन । त्यसैले, कमिशनको लोभमा कम्पनिमा लगेर विदेशीलाई शेयर दिलाउन हवाई क्षेत्रमा सक्रिय केही व्यक्ति र राजनीतिक शक्तिकेन्द्रसँग जोडिएर विचौलियाको भूमिका निभाउँदै आएकाहरु लागिपरेका छन् ।

नेपालको उड्डयनसम्बन्धी व्यापारको कुल कारोबार वार्षिक एक खर्ब रहेको र त्यसमा नेपाल वायु सेवा निगमले ११ प्रतिशत मात्र हिस्सा लिदै आएको छ । दुई वटा वाइड बडी ल्याएर संचालनमा ल्याउने वित्तिकै निगमको आम्दानी वार्षिक आठ अर्बले बढ्ने आँकलन थियो । यसका लागि नयाँ गन्तव्य तय गरेर उडाउनुपर्ने हुन्छ । त्यसैमा रोकावट गरी कार्यकारी अध्यक्ष मदन खरेलले संकटमा देखाई विदेशी साझेदार भित्राउने मार्ग तयार गरिरहेका छन् ।

निगम थप विमान ल्याउने तयारीमा भइरहँदा सबै प्रक्रिया अवरुद्ध पार्ने गरी कम्पनिमा लाने खेललाई गम्भीर रुपमा लिइएको छ । निगम कब्जा गर्ने र राष्ट्रिय ध्वजावाहकलाई विदेशी कम्पनिको मातहतमा पु¥याउने चलखेलमा लागेकाहरु निगमलाई घाटामा पु¥याउने गरी गतिविधि गरिरहेको बुझिएको छ । नेपाल एयरलाइन्सले एयरबस संचालन गर्न नसकेको देखाएर भाडामा लिने प्रयास समेत भइरहेको छ । निगमले एयरबस संचालन गर्नेवित्तिै वार्षिक आठ अर्बको कारोबार वृद्धि गर्ने देख्नेवित्तिकै निगमको जहाज हत्याउने खेल भएको हो ।

रणनीतिक साझेदार भित्राउने रणनीति

नेपाल वायु सेवा निगम नाफामा पुग्नुपर्ने हो । २०७४÷७५ मा उसको नाफा ३५ करोड ४९ लाख ५२ हजार रहेकोमा २०७५÷७६ मा २४ करोड नाफा हुने आँकलन गरिएको थियो । आगामी आर्थिक वर्ष ५१ करोड नाफा हुने अनुमान गरिएको छ । तर, निगमलाई संकटमा परेको देखाउने चलखेल भइरहेका ेछ ।

नाफामा रहेको र नयाँ विमानहरु समेत भित्रिइसकेको कम्पनिलाई संकटमा रहेको देखाउनुले गम्भीर आशंका पैदा गरेको छ । नाफामा रहेको र सम्पत्ति बढ्दै गएको निगमलाई संकटग्रस्त देखाउने, धराशायी बनाउने योजना अनुसार सकारात्मक कदमहरुमा अवरोध पु¥याउनुलाई रणनीतिक साझेदार भित्राउने रणनीति अन्र्तगत देखिदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्