Logo

‘असारे विकास’ को मौसमकी दुलही (तस्वीरसहित)



ललितपुर, २४ असार । झमझम पानी परिरहेको थियो । नवदुलही अन्मिएर त आइन् तर कठिन बाटोबाट । झमझम पानीमा रुजिन् । बाटोमा ढुङ्गा राखेर रड बान्दै ढलान भइरहेकाले निकै सावधानीपूर्वक पाइला राख्दै बढिन् । बल्लतल्ल बाटो पार गरिन् ।

श्रृंगारिएकी उनको श्रृंगार पानीले बगाइसकेको थियो । अप्ठ्यारो बाटोका कारण नवदुलही हुँ भन्ने बिर्सिइनजसतो देखिन्थ्यो । २४ असारको अपरान्ह कठिन बाटो पार गरेर दुलहाको घर जाँदा दुलहीलाई युद्ध जितेजस्तो भयो ।


यो दृश्य ललितपुरको महालक्ष्मी नगरपालिका- ६ स्थित सिद्धिपुर सडकको हो । असारे विकासले आवागमनमा निकै अप्ठ्यारो परिरहेको छ । नवविवाहित दुलहीहरु अप्ठ्यारो बाटोमा हिंडेर नयाँ घर भित्रनुपरेको अवस्था छ । सर्वसाधारण आवागमनमा परेको असुविधाले पिरोलिएका छन् ।


उकालोमा बाटो खराब हुँदा विगतमा निकै दुःख भोगेका स्थानीयवासीले केही दिनको अप्ठ्यारो भोग्नुपर्दा धैर्यता गुमाएका छैनन् । तैपनि, बाटो समयमा नबन्दा गाउँमा नाकाबन्दी जस्तै अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्