Logo

घुसखोर इन्स्पेक्टरमाथि एकैपटक अख्तियारको तीनवटा आरोपपत्र



काठमाडौं, २४ असार । नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साह घुस लिनमा अगाडि थिए । उनले लागूऔषध मुद्दा मिलाइदिने देखि सवारी दुर्घटना मुद्दा मिलाइदिने भन्दै घुस लिएको पुष्टि भयो ।

सवारी दुर्घटना मुद्दामा बैंक खातामार्फत् घुस लिए । ३० हजार घुस लिएर सवारी दुर्घटनाको मुद्यामा चुप लागे ।

लागूऔषध मुद्दामा पक्राउ परेकालाई मिलाउन ९० हजार घुस लिए । अर्को लागू औषध मुद्दामा ७० हजार घुस लिए ।

विभिन्न मुद्दामा पटक पटक घुस लिएका उनीमाथि एकैपटक तीनवटा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार उनीमाथिको उजूरी पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो



प्रतिक्रिया दिनुहोस्