Logo

इशाले लगाइन् “आँखाले बलात्कार” गरेको आरोप



आँखाले पनि बलात्कार हुन्छ ! हो बलिउड नायिका इशा गुप्ताले आफूमाथि कसैले आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

दिल्लीका होटल व्यवसायी रोहित भिगमाथि आँखाले बलात्कार गरेको आरोप लगाएकी हुन् । इन्स्टाग्राममा फोटो सार्वजनिक गर्दै ती व्यक्तिले अस्वाभाविक व्यवहार देखाएको उल्लेख गरेकी छिन् । ती व्यक्तिले आफूलाई एकोहोरो हेरेको इशाको भनाई छ ।

इशाले ट्वीटमार्फत् आफूलाई एकोहोरो अस्वाभाविक तरिकाले हेर्ने पुरुषले नछोएपनि महिलाका रुपमा गलत नजरले हेरेको लेखेकी छिन् । उनले लेखेकी छिन्, खै महिलाको सुरक्षा ? के महिला श्राप हुन् !

आँखाले बलात्कार गरेको विषय उठाएर इशा फेरि चर्चामा आएकी छिन् । उनी साहसिक अभिव्यक्तिका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् ।

बलात्कारविरुद्ध उनको कडा अभिव्यक्ति आउने गरेको छ । महिला अधिकारको विषयमा उनी सशक्त आवाज उठाइरहन्छिन् । तस्वीरः इशा गुप्ताको ट्वीटर



प्रतिक्रिया दिनुहोस्