Logo

एकाबिहानै दोहोरो भिडन्त, एक प्रहरी र एक विप्लप कार्यकर्ताको मृत्यु



काठमाडौं, २५ असार । बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली चलाउदा एक जना प्रहरीको मृत्यु भएको छ ।

विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको जनाइएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली बरामद गरेको जनाएको छ ।अहिले त्यहाँ थप प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्