Logo

गृहमन्त्रीको जवाफ चित्त बुझेन, सरकार असफल : यादव



काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले जनताको आवश्यकत्ता एकातिर रहेको र सरकार अर्के बाटोमा अघि बढेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आफूहरुले सरकारलाई देश र जनताप्रति जवाफदेही बनाउनको लागि बारम्बर घचघचाईरहेको पनि यादवको भनाई छ ।

राजकिशोर यादव, नेता, राजपा

बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले गृहमन्त्री रामबहादुर थापा बादलले जवाफको लागि मात्रै जवाफ दिने कार्यक्रम गरेको पनि आरोप लगाए ।

सरकारले फेक ईनकाउन्टरको नाममा आफ्नै नागरिक मार्ने काम गरेको पनि यादवको गम्भिर आरोप छ । उनले भने,”हिजो गृहमन्त्रीले बडो सफेत झुठ बोल्नुभयो । सर्लाहीको घट्नालाई हेर्ने हो भने यो मुलुकको लागि दुर्भाग्यपूर्ण हो । माफियाहरुको मिलेमतोमा नागरिकमाथि हत्या गर्ने काम भयो ।”  गृहमन्त्रीलाई लोकतन्त्र नै थाहा नभएको उनको दाबी छ । उनले भने,‘उहाँ त जंगलबाट आएको व्यक्ति हो ।”



प्रतिक्रिया दिनुहोस्