Logo

‘शैक्षिक संस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेको हुन्छ, तोड्फोडको काम नगर्नुहोस’



काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेकोले तोड्फोडको काम नगर्न आग्रह गरेका छन् । उनले शैक्षिक संस्थाहरुको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा वोल्दै प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रुपमा देशलाई आवश्यक नपर्ने र खपत गर्न समेत गर्न नसकिने हुँदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगाएतका विषयका विज्ञहरुको भने खाँचो रहेको बताए ।

 

शैक्षिक संस्थाहरु कुनै पनि कुरामा मनपरेन भने तोड्फोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भए पनि त्यसको अनुसार हेरिदैन् भने ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्