Logo

काठमाडौंमा दिउँसै प्रधानमन्त्रीको पुत्ला जलाईयो (फोटोफिचर)



काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। काठमाडौंको आर.आर क्याम्पस, त्रि–चन्द्र क्याम्पस र वाल्मिकी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

नेविसंघले सरकारले विषादी परीक्षण रोकेकोमा असन्तुष्टि जनाउँदै आएको छ । प्रहरी प्रशासनको आँखा छलेर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो । पुत्ला दहनको क्रममा प्रहरी र नेविसंघका नेता तथा कार्यकर्ताबीच झडपसमेत भएको थियो ।

भारतबाट आयात हुने कृषिजन्य पदार्थमा विषादी जाँच नगर्ने सरकारी निर्णय जनस्वास्थ्यमाथिको खेलवाड भएको भन्दै विद्यार्थीहरुले विषादी जाँच तत्काल सुरु गर्न माग गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्