Logo

निर्मला पन्तकी आमाले पाइन् सरकारी जागिर



कञ्चनपुर, २५ असार । कञ्चनपुर भीमदत्तनगरकी बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् ।उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।



प्रतिक्रिया दिनुहोस्