Logo

मन्त्री बाँस्कोटाको निवासमा मध्यराति के-के हुन्छ ? बस्नेतले गरे यस्तो खुलासा (भिडियोसहित)



काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले वर्तमान सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटामाथि गम्भिर आरोप लगाएका छन् । मन्त्री बाँस्कोटाको सम्पत्ति विवरणबारे पत्रकारले सोधेको प्रश्न र मन्त्रीकै भनाई बाझिँदा पत्रकारको जागिर गएको उनले सुनाए ।

उनले भने,”प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटमा रहेको निजी निवासमा अहिलेका सञ्चारमन्त्री बस्नुहुन्छ, तर, त्यहाँ बस्ने मान्छेहरुलाई निके गाहो भैसकेको छ । रातभिर गाडी दौडिरहन्छन् । त्यहाँका जनताले मलाई गुनासो गरिरहन्छन् । उनीहरुले त हामीले सुत्नै पाएनौंसमेत भनेका छन् ।”

मन्त्री बाँस्कोटाको निवासमा विहानैदेखि तस्करहरुको भीड लाग्ने गरेको बस्नेतको आरोप छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । वर्तमान सरकारले मुलुकबाटै विधिको शासनलाई समाप्त पार्दै जान खोजेकोपनि बस्नेतले आरोप लगाए । लोकतन्त्रको रक्षाको निम्ति आफ्नो पार्टीले सशक्त आवाज उठाउनुपरेको र संसद अवरोध गरेका उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्