Logo

‘मसिनो स्वरका मिलनसार’ जङ्गबहादुर दयालु देखिन्थे



जङ्गबहादुर राणा भन्नेवित्तिकै क्रुर र पाशविक भन्ने लाग्दछ । इतिहासमा उनले मच्चाएको हत्याकाण्डले उनका बारे त्यस्तो परिचय स्थापित गरेको हो । कोतपर्वमा विरोधीहरुको कत्लेआम गरी सत्तामा पुगेका जङ्गबहादुर विरोधी मार्न कुनै समय लगाउँदैनथिए ।

जङ्गबहादुर क्रुर थिए तर उनको व्यक्तित्वमा त्यस्तो झलक सम्म थिएन । मसिनो स्वर थियो । बोलक्कड थिए । मिलनसार थिए उनी । विस्तारै मसिनो स्वरमा बोल्थे जङ्गबहादुर । बोलीले प्रभावित पार्न सक्थे ।

जङ्गबहादुर राणालाई भेटेका रुसी यात्री मिनाएभले उनको मुखमा पाशविकताको झलकसम्म नभएको उल्लेख गरेका छन् । मङ्गोलियन बान्कीका जङ्गबहादुर दयालु देखिने यात्रा वर्णनमा लेखेका छन् । उनले लेखेका छन्, आँखा, मुख आदिमा पाशविकताको झलकसम्म पनि पाइनन्न ।

मिलनसार र आफ्ना मान्छेको खूबै ख्याल गर्ने खालका थिए भनी लेखेका छन् । यात्रा वर्णनमा मिनाएभले जङ्गबहादुरले आफ्नो सेनाको खुबै ख्याल गर्थे भनी लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्