Logo

रेल जुध्दा १५ जनाको मृत्यु



एजेन्सी, २७ असार । पाकिस्तानमा रेल जुध्दा १५ जनाको मृत्यु भएको छ । रहिम यार खान शहरमा २६ असारमा भएको यात्रुवाहक रेल र मालवाहक रेल जुध्दा उनीहरुको मृत्यु भएको हो ।

घटनामा ७० जना घाइते भएका छन् । रोकिराखेको मालवाहक रेललाई विहान यात्रुवाहक रेलले ठक्कर दिएको थिथो । रेल गलत लेनतर्फ जाँदा घटना भएको थियो ।

घटनाका घाइतेहरुको अस्पतालमा उपचार भइहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुमध्ये कतिपयको खुट्टा काट्नुपरेको छ । कतिपयको बढी रक्तश्रावका कारण स्थिति जटिल छ ।



प्रतिक्रिया दिनुहोस्