Logo

बाल यौन दुराचारको अभियोगमा चिनियाँ अर्बपति पक्राउ



बाल यौन दुराचारको अभियोगमा चीनका एकजना अर्बपति पक्राउ परेका छन् । गत हप्ता सांघाईबाट वाङ जेनहुआ पक्राउ परेका हुन् ।

चिनियाँ टेलिभिजनले अर्बपति जेनहुआ पक्राउ परी हिरासतमा राखिएको दृश्य देखाएका छन् । ग्लोबल टाइम्सले जेनहुआलाई बालिकामाथि दुव्र्यवहार गरेको अभियोग थियो । तर, पछि उनीमाथि एक महिलाले आफ्नी छोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोग दर्ता गरेकी छिन् ।

जमिनको विकासमा जेनहुआ नाम चलेका व्यापारी थिए । उनको पक्राउले चीनमा तरंग आएको छ । चिनियाँ सञ्चारमाध्यमले उनी पक्राउ परेको समाचार प्राथमिकताका साथ प्रकाशण र प्रशारण गरिरहेका छन् । Photo: South China Morning Post



प्रतिक्रिया दिनुहोस्