Logo

नयाँ मिटर जडानमा पाँच हजार घुस लिने पक्राउ



काठमाडौं, २६ असार । नयाँ मिटर जडानका लागि पाँच हजार घुस लिने फोरमेन पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण शाखाका फोरमेन अविलाल बिष्ट घुस रकमसहित २६ असारमा रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बिष्टले नयाँ मिटर जडानका लागि आलटाल गरी पाँच हजार घुस लिएपछि बल्ल जडान गरेका थिए । घुस रकमसहित उनी लगनखेलस्थित यु एण्ड वि फाष्ट फुड बाट पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्