Logo

भारतको हार सहन नसकी दुई क्रिकेट फ्यानको मृत्यु



भारतको पराजय सहन नसकी दुईजना क्रिकेट फ्यानको मृत्यु भएको छ । न्युजिल्यान्डसँग २५ असारमा भएको सनसनीपूर्ण खेलमा भारत पराजित भएपछि विहार र दुई जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विहारको किसनजञ्ज जिल्लामा अशोक पासवानको भारतको पराजय सहन नसकी हृदयघातका कारण मृत्यु भएको हो ।
खेल हेर्दा हेर्दै भारत हार्ने भएपछि उनलाई हृदयघात भएको थियो । अस्पताल पुर्याइएका उनलाई मृत घोषित गरियो ।
यसैगरी, महेन्द्रसिंह ध्वानी क्याच आउट भएपछि हुग्गी जिल्लामा श्रीकान्ती मैतीको निधन भएको छ । मोबाइल फोनमा खेल हेरिरहेका उनी ध्वनी आउट हुनेवित्तिकैैै हृदयघातका कारण ढलेका थिए । आफ्नै पसलमा ढलेपछि उनलाई अस्पताल लगिएपछि मृत घोषित गरिएको थियो ।
भारतले न्युजिल्यान्डसँग १८ रनको हार व्यहोरेको थियो । भारतले न्युजिल्यान्डले बनाएको मध्यम स्तरको रनलाई पछ्याउन नसक्दा हार व्यहोर्नुपर्यो ।



प्रतिक्रिया दिनुहोस्