Logo

पत्नी नफाप्ने छविराज



रिपोर्टर्स नेपाल, २६ असार ।  नेपाली चलचित्रमा नाम चलेका निर्देशक निर्माता हुन् । सफल निर्देशक निर्माता भएपनि उनको पारिवारिक जीवन समस्याले भरिएको छ ।

उनले चलचित्र नायिका शिल्पा पोखरेललाई विवाह गर्नु अघि रेखा थापासँग घरजम गरेका थिए । रेखासँग विवाह गर्दा उमेरको भिन्नता दोब्बर थियो । शिल्पासँग दोब्बरभन्दा बढी फरक छ उमेर ।

छोरी सरहकी महिलासँग उनले विवाह सम्बन्ध बनाए । तर, त्यो सम्बन्ध लामो टिकेन । रेखासँगको सम्बन्ध एक दशक पनि टिकेन । उमेरको फरकबारे औल्याउँदा रेखाले आफूलाई छविले असाध्यै माया गर्ने भनिन् । लालजोडी जस्तै देखाइन् । तर, रेखासँगको सम्बन्ध लिभिङ्ग टुकेदर जस्तै भयो । दुवैबीच सम्बन्ध बिग्रियो । रेखा आफ्नो बाटो लागिन् ।

 


रेखापछि छविले शिल्पा रोजे । शिल्पाले छविसँगको सम्बन्धबाट चलचित्रमा नाम पनि कमाइन् । अहिले यो जोडीबीच खटपट चलेको छ । शिल्पाले छविमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन् । छवि यसलाई अस्वीकार गर्छन् ।

प्रहरीसम्म यो विषय पुगेको छ । घरेलु हिंसाको विषयले दुवैबीच पारपाचुकेको अवस्था बन्न सक्ने देखिदैछ । शिल्पा छविबाट टाढा हुन खोज्दै त छैनन् ? उनलाई छविबाट टाढा हुन मन लागेको त होइन ?

छविको विगतमा भएका विवाह पनि सुखद रहेनन् । उनको वैवाहिक जीवन सुखद नहुने लेखेकै हो ?

छविको चार विवाह

छविको विवाह २०४१ सालमा भएको थियो । पहिलो विवाह आठ वर्ष मात्र टिक्यो । २०४९ सालमा पारपाचुकेपछि छवि अर्की मायालु खोज्न लागे । उनको भेट गिताञ्जली सुनुवारसँग भयो । नाता चलचित्रमा काम गर्दा छविले गीताञ्जली भेटेका थिए । तर, मानसिक रोग र डिप्रेसनका कारण उनले आत्महत्या गरिन् ।

छविको पहिलो पत्नीबाट दुई छोरा र दोस्रो पत्नीबाट एक छोरा छन् । जेठीबाट पारपाचुके र त्यसपछिकीले डिप्रेसनको रोगी भएर आत्महत्या गरेपछि रेखा थापा भेटे ।

रेखासँग उनको १२ वर्ष सम्म सम्बन्ध टिक्यो । छविले नै रेखालाई चलचित्रमा नायिकाका रुपमा शुरुवाती अवसर दिएका थिए । विवाहका रुपमा भन्दा पनि लिभिङ्ग टुकेदरका रुपमा सम्बन्ध रह्यो । दुवैको सम्बन्ध निकै चर्चामा रह्यो । मिल्ती पनि अति थियो । तर, त्यो सम्बन्ध एक्कासी टुट्यो । २०७३ सालमा कानुनी रुपमा सम्बन्ध बिच्छेद भयो छवि र रेखाको । दुवैजना २०६९ देखि नै टाढिइसकेका थिए । त्यसले औपचारिकता चार वर्षपछि मात्र पायो ।

त्यसपछि छवि शिल्पासँग डेटिङमा लागे । दुवैबीच विवाह पनि भयो । अहिले त्यो विवाह अभिशाप बन्न पुग्दैछ । छविमाथि शिल्पाले गम्भीर आरोप लगाएकी छिन् । शिल्पाले भनेकी थिइन् मसँगको सम्बन्ध नटिके उहाँको सम्बन्ध कोहीसँग टिक्दैन । के साँच्चै शिल्पाले भनेजस्तै छवि पत्नी नफाप्ने चलचित्रकर्मी हुन् ?

Photos: Wiki-global.org and youtube.com



प्रतिक्रिया दिनुहोस्