Logo

यी अर्बपतिको खुल्दैछ कर्तुत



किशोरीहरुमाथि यौन दुव्र्यवहार र कम उमेरकासँग यौन सम्पर्क गरेको अभियोगमा पक्राउ परेका अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको यौनको दुनियाँको पर्दा एकपछि अर्को गर्दै उघारिएको छ । उनले ज जससँग कम उमेरमै यौन सम्पर्क गरे तिनीहरुले साहस देखाएर सार्वजनिक रुपमा बोल्न थालेका छन् ।

अमेरिकी टेलिभिजनहरुमा बोल्न थालेकामध्ये एक युवती जेफ्रिसँग भेट्दा मात्र १४ वर्षकी थिइन् । उनले आफूलाई यौन दुव्र्यवहार गरेको खुलासा गरिन् ।

जेफ्रि रहने गरेको महलमा ल्याउँदा अर्की महिला मात्र १६ वर्षकी थिइन् । उनीहरुलाई अध्ययन वा अन्य प्रायोजनका लागि खर्च धानिदिने आश्वासन दिइन्थ्यो । पैसाको लालच देखाएर कलिला किशोरीलाई जेफ्रिसम्म ल्याइपुर्याउने सञ्जाल नै सक्रिय थियो ।


जेफ्रि कलिला किशोरीहरुको कुमारित्व भंग गर्न चाहन्थे । त्यसका लागि उनले ठूलो धनराशी खर्च गर्थे । सार्वजनिक रुपमा बोलिरहेका युवतीहरुमध्ये कतिपय बल्ल १८ वर्ष पुगेका मात्र छ । उनीहरु जेफ्रिले यौन दुव्यर्वहार गर्दा बल्ल १४ देखि १६ वर्षका थिए । यति सानो उमेरका किशोरीहरुसँग सम्पर्क गर्न चाहने बानी परिसकेका थिए उनी ।

जेफ्रिले आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो ।
कतिपयले उनले एकैपल्ट एकभन्दा बढसँग यौन सम्पर्क गर्ने गरेको खुलाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे ।


जेफ्रिा डोनाल्ड ट्रम्पका पनि साथी थिए । ट्रम्पले उनलाई सुन्दर महिलाहरु मन पराउने पुरुष भनेका थिए ।

एकपछि अर्को महिलाहरुको उजूरी पर्न थालेपछि जेफ्रि यसपटक उम्कने सम्भावना कम छ । उनीमाथि विगतमा पनि अभियोग लागेको थियो । तर, यसपाला निकै धेरै उजूरीहरु परेका छन् । प्रमाणहरु एकपछि अर्को संकलन भइरहेको छ । ६६ वर्षीय अर्बपतिमाथि यौनसम्बन्धि रिङ समेत चलाएको अभियोग लागेबाट कानुनी लडाईं जित्ने सम्भावना कम भइसकेको छ । Photo: WLRN



प्रतिक्रिया दिनुहोस्