Logo

चौतर्फी जनदवावपछि सरकारद्वारा बिषादी परीक्षण शूरु



काठमाडौं । सर्वोच्च अदालतको आदेश र चौतर्फी जनदवावपछि सरकारले बिषादी परीक्षण शूरु गरेको छ । काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ । एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण सरकारले रोकेको थियो ।

बिषादी परीक्षण रोकेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो । सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा विहीबार माफी पनि मागेका छन् ।

चौतर्फी विरोधपछि भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।

यता शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे । उनले त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे ।

तरकारी र फलफुल परीक्षणको रिपोट तीन दिनभित्र दिने निर्देशन पनि दिएका छन् । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोट दिन मन्त्रीले निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्